चिकित्सक संघको आह्वानमा आज देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द – Sagarmathapana:: Online News Portal

चिकित्सक संघको आह्वानमा आज देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द

   २०८३ श्रावण १२ गते  

काठमाडौँ।चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पताल तोडफोडको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको छ।

संघले जारी गरेको विज्ञप्तिमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि राज्यबाटै दमन भइरहेको आरोप लगाउँदै आन्दोलनका थप कार्यक्रमसमेत सार्वजनिक गरेको जनाएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गर्दै संघले विरोधस्वरूप सेवा बन्द गरेको हो।

संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न र घटनामा संलग्न दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै