मोडल डली गुरुङ याक्थुम्बा बनिन् ‘मिसेस नेपाल युनिभर्स–२०२६’ – Sagarmathapana:: Online News Portal

मोडल डली गुरुङ याक्थुम्बा बनिन् ‘मिसेस नेपाल युनिभर्स–२०२६’

   २०८३ श्रावण ८ गते  

काठमाडौँ।मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बा ‘पाँचौँ मिसेस नेपाल युनिभर्स–२०२६’ घोषित भएकी छन्। तेस्रो चरणको क्यान्सरलाई समेत जितेर सामाजिक अभियानमा सक्रिय रहँदै आएकी डलीले अब अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएकी हुन्।

ललितपुरको झम्सिखेलमा आयोजित ‘क्राउन सेरेमोनी’मा डलीलाई औपचारिक रूपमा ‘मिसेस नेपाल युनिभर्स–२०२६’ को ताज पहिर्याइएको हो। लन्डन फेसन हाउसको आयोजनामा भएको समारोहमा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य र ‘मिसेस नेपाल युनिभर्स’की राष्ट्रिय निर्देशक मनिषा डंगोल श्रेष्ठले संयुक्त रूपमा उनलाई ताज हस्तान्तरण गरे।

डलीले आगामी अक्टोबरमा आयोजना हुने ‘मिसेस युनिभर्स–२०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै