एउटै फिल्मबाट उदाएका कुल ब्वाइ र सिम्रन, एकको दोस्रो फिल्म ‘बेहुली’प्रति दर्शकको चासो
काठमाडौं।फिल्म ‘होस्टेल ३’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका कलाकार पारस बम ठकुरी ‘कुल ब्वाइ’ र सिम्रन पन्त अहिले चर्चामा छन्। दुवैको फिल्म यात्रा ‘होस्टेल ३’ बाट सुरु भएको हो। ‘होस्टेल ३’ मा पारसले ‘सत्य’ र सिम्रनले ‘निशा’को भूमिका निर्वाह गरेका थिए।
‘होस्टेल ३’ पछि सिम्रनले ‘आ बाट आमा’मा अभिनय गरिन्। चन्द्र पन्त निर्देशित उक्त फिल्ममा सिम्रनसँगै पल शाह, विपना थापा र प्रदीप रावतको अभिनय रहेको छ।
यता, पारस बम ठकुरी भने आफ्नो दोस्रो फिल्म ‘बेहुली’ लिएर दर्शकमाझ आउने तयारीमा छन्। ‘होस्टेल ३’ मा गरेको अभिनयबाट चर्चा कमाएका पारसको नयाँ फिल्मलाई लिएर दर्शकमाझ पनि चासो बढेको छ।
अब दर्शकको मुख्य चासो भनेको ‘बेहुली’मार्फत पारसले आफ्नो पहिलो फिल्मको सफलता दोहोर्याउन सक्लान् कि नसक्लान् भन्नेमा छ। निर्माण घोषणादेखि नै चर्चामा रहेको ‘बेहुली’ले पारसको फिल्मी करियरलाई कुन दिशामा अघि बढाउँछ भन्ने कुरा भने फिल्म प्रदर्शनपछि नै स्पष्ट हुनेछ।
‘होस्टेल ३’ बाट एउटै समयमा फिल्म यात्रा सुरु गरेका कुल ब्वाइ र सिम्रनमध्ये सिम्रनले दोस्रो फिल्ममा पाइला चालिसकेकी छन् भने पारसको दोस्रो फिल्म ‘बेहुली’प्रति दर्शकको प्रतीक्षा बढ्दो छ।












