बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ – Sagarmathapana:: Online News Portal

बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

   २०८३ श्रावण ६ गते  

काठमाडौं।शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार उनलाई काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए। पक्राउ परेपछि उनलाई आवश्यक कानुनी प्रक्रियाका लागि उच्च अदालत पाटनमा उपस्थित गराउने तयारी गरिएको छ।

अग्रवालविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै