३७ दिन अस्पताल बसेर डिस्चार्ज भए भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ – Sagarmathapana:: Online News Portal

३७ दिन अस्पताल बसेर डिस्चार्ज भए भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ

   २०८३ श्रावण ६ गते  

काठमाडौं।चर्चित व्यवसायी तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ गम्भीर स्वास्थ्य समस्याका कारण ३७ दिन अस्पतालमा उपचार गराएर केही दिनअघि डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि लामो समय अस्पतालमा उपचाररत रहेका गुरुङको स्वास्थ्यमा सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार डिस्चार्ज गरिएको बताइएको छ। चिकित्सकहरूले थप उपचारका लागि विदेश जान सुझाव दिए पनि गुरुङले नेपालमै उपचार गर्ने निर्णय गरेको जनाइएको छ।

उपचारका क्रममा आवश्यक केही विशेष औषधि अमेरिकाबाट समेत मगाइएको थियो। चिकित्सकहरूको निरन्तर निगरानीमा उपचारपछि स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट घर पठाइएको हो।

हाल चिकित्सकहरूले गुरुङलाई घरमै पूर्ण आराम गर्न, नियमित स्वास्थ्य परीक्षण गराउन तथा आवश्यक स्वास्थ्य सावधानी अपनाउन सुझाव दिएका छन्।

नेपालको खुद्रा व्यापार क्षेत्रमा भाटभटेनी सुपरमार्केटलाई अग्रणी व्यावसायिक संस्थाका रूपमा स्थापित गरेका गुरुङको स्वास्थ्यमा सुधार आएको खबरपछि उनका शुभेच्छुक, व्यवसायी तथा सर्वसाधारणले शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै