कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी – Sagarmathapana:: Online News Portal

कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

   २०८३ श्रावण १ गते  

बुटवल।नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध कपिलवस्तु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा अदालतले पक्राउ अनुमति दिएको हो।

कपिलवस्तु–३ बाट निर्वाचित सांसद शाहविरुद्ध कर्तव्य ज्यान प्रयास तथा कुटपिटसम्बन्धी उजुरी दर्ता भएपछि कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार घटनाको अनुसन्धान जारी रहेको छ। 

पीडित सीताराम शर्माले सांसद शाह, कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह तथा अन्य १५–२० जनाको समूहले आफ्नै निवासमा प्रवेश गरी कुटपिट गरेको आरोप लगाएका छन्। घटनापछि उजुरी दर्ता गर्न जाँदा प्रहरीले आलटाल गरेको भन्दै पीडित पक्षले असन्तुष्टि समेत जनाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै