घुस प्रकरणमा नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेललाई ८ वर्ष कैद, व्यवसायी दीपक आनन्द पनि दोषी – Sagarmathapana:: Online News Portal

घुस प्रकरणमा नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेललाई ८ वर्ष कैद, व्यवसायी दीपक आनन्द पनि दोषी

   २०८३ श्रावण १ गते  

काठमाडौं।विशेष अदालतले घुस लिएको आरोपमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई ८ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागी लिएको ठहर गर्दै उक्त फैसला गरेको हो।

अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि ८ वर्षकै कैद सजाय तोकेको छ। साथै, नेपाल सरकारको विशिष्ट तहको सार्वजनिक पदमा रही भ्रष्टाचार गरेको ठहर गर्दै सुनिल पौडेललाई थप ६ महिना कैद सजाय समेत सुनाइएको छ। 

यस फैसलासँगै सार्वजनिक पदमा रहेका उच्च अधिकारीमाथि भ्रष्टाचारविरुद्ध कडा कानुनी कारबाही हुने सन्देश गएको कानुनविद्हरूले बताएका छन्। विशेष अदालतको निर्णयपछि यो प्रकरणले सुशासन र सार्वजनिक उत्तरदायित्वबारे पुनः बहस सिर्जना गरेको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै