जीवन विकास लघुवित्तको शेयर मूल्य भारी बृद्दी
काठमाडौं । सोमबार जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बृद्दी भएको छ । आज कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
साताको दोस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २६६ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य २ हजार ९३४ रुपैयाँ ८० पैसा पुगेको छ ।
आज कम्पनीको २ सय कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ । कम्पनीको ५ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।












