नाट्टाको ५९औँ साधारण सभा र २५औँ निर्वाचन साउन २९ गते, असार ३० भित्र सदस्यता नवीकरण गर्न आग्रह – Sagarmathapana:: Online News Portal

नाट्टाको ५९औँ साधारण सभा र २५औँ निर्वाचन साउन २९ गते, असार ३० भित्र सदस्यता नवीकरण गर्न आग्रह

   २०८३ असार २५ गते  

काठमाडौं।नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) ले आफ्नो ५९औँ वार्षिक साधारण सभा तथा २५औँ कार्यसमिति निर्वाचन आगामी २०८३ साउन २९ गते (अगस्ट १४, २०२६) शुक्रबार काठमाडौंमा आयोजना गर्ने भएको छ।

नाट्टाको २४औँ कार्यसमिति बैठकले उक्त निर्णय गरेको महासचिव युविका भण्डारी ले जारी गरेको सूचनामार्फत जानकारी दिएकी छन्। कार्यक्रमको विस्तृत तालिका भने अर्को सूचनामार्फत सार्वजनिक गरिने जनाइएको छ।

साधारण सभा तथा निर्वाचनमा सहभागी भई मतदान गर्न चाहने सदस्यहरूले २०८३ असार ३० गते (जुलाई १४, २०२६) मंगलबार कार्यालय समयभित्र सदस्यता नवीकरण गरिसक्नुपर्ने नाट्टाले जनाएको छ। संस्थाको विधानअनुसार निर्वाचन हुनुभन्दा एक महिनाअघि सदस्यता नवीकरण गरेका सदस्यहरू मात्रै मतदाता नामावलीमा समावेश हुने व्यवस्था रहेको उल्लेख गरिएको छ।

तोकिएको मितिपछि सदस्यता नवीकरण गर्ने सदस्यहरूले विधानअनुसार मतदानको अधिकार प्राप्त नगर्ने भएकाले समयमै सदस्यता नवीकरण गर्न नाट्टाले सबै सदस्यहरूलाई अनुरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै