मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त, मन्त्रिपरिषद्का ८ निर्णय सार्वजनिक – Sagarmathapana:: Online News Portal

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त, मन्त्रिपरिषद्का ८ निर्णय सार्वजनिक

   २०८३ असार २४ गते  

काठमाडौं।सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपालको नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्य (काठमाडौं)लाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

सरकारका अनुसार मुख्यसचिव नियुक्तिसँगै संघीय प्रशासनको नेतृत्वमा नयाँ जिम्मेवारी तय भएको छ भने काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि नयाँ नेतृत्व पाएको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने

२. कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान

३. ’विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ स्वीकृत

४. ’शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत

५. कारागार नियमावली : ’कारागार नियमावली, २०८३’ स्वीकृत

६. मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत

७. भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति योजना स्वीकृत

८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै