मेसीको ऐतिहासिक कीर्तिमानसँग अर्जेन्टिना अन्तिम १६ मा, केप भर्डेले जित्यो मन
काठमाडौं ।Lionel Messi ले फिफा विश्वकपमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। केप भर्डेविरुद्धको रोमाञ्चक खेलमा गोल गर्दै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या २० पुर्याएका छन्। यो उपलब्धि उनले ३० विश्वकप खेल खेल्दै हासिल गरेका हुन्। यससँगै विश्वकपमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि उनकै नाममा कायम भएको छ।


विश्वकपको राउन्ड अफ ३२ अन्तर्गत भएको प्रतिस्पर्धामा अर्जेन्टिनाले केप भर्डेलाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो। खेलभर अर्जेन्टिना दबाबमा देखिएको थियो भने विश्वकपमा पहिलोपटक नकआउट चरण पुगेको केप भर्डेले उत्कृष्ट प्रदर्शन गर्दै साविक विजेतालाई अन्तिम क्षणसम्म कडा चुनौती दिएको थियो।
अर्जेन्टिनाले जित निकाले पनि केप भर्डेको साहसी प्रदर्शनले विश्व फुटबल समर्थकहरूको प्रशंसा बटुलेको छ। सानो राष्ट्र भए पनि उसले विश्व च्याम्पियनलाई कठिन अवस्थामा पुर्याउँदै आफ्नो क्षमता प्रमाणित गरेको विश्लेषण गरिएको छ।













