सरकारद्वारा ७ विश्वविद्यालयमा उपकुलपति नियुक्त, त्रिविमा डा. भोला थापाको जिम्मेवारी – Sagarmathapana:: Online News Portal

सरकारद्वारा ७ विश्वविद्यालयमा उपकुलपति नियुक्त, त्रिविमा डा. भोला थापाको जिम्मेवारी

   २०८३ असार २० गते  

काठमाडौं।सरकारले देशका सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार विभिन्न विश्वविद्यालयमा नयाँ नेतृत्व चयन गरिएको हो। खुला प्रतिस्पर्धामार्फत सिफारिस भएका उम्मेदवारमध्येबाट उपकुलपतिहरू नियुक्त गरिएको सरकारले जनाएको छ।  

नियुक्तिअनुसार डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालय, किशनदत्त भट्टलाई सुदूरपश्चिम विश्वविद्यालय, राजन सुवाललाई मध्यपश्चिमाञ्चल विश्वविद्यालय, ऋषिराम कट्टेललाई कृषि तथा वन विज्ञान विश्वविद्यालय, श्यामनारायण लाभलाई राजर्षि जनक विश्वविद्यालय, देवेन्द्रबाबु अधिकारीलाई पोखरा विश्वविद्यालय तथा सन्जुबाबु महतरालाई पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त गरिएको हो।

सरकारले विश्वविद्यालयहरूमा नेतृत्व चयन प्रक्रियालाई खुला प्रतिस्पर्धामार्फत अघि बढाएको थियो। छनोट समितिले अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिका आधारमा सिफारिस गरेका उम्मेदवारमध्येबाट उपकुलपतिहरू नियुक्त गरिएको हो।  

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै