कार्की साइँला’ असोज २ गते प्रदर्शनमा आउने, नयाँ पोस्टर सार्वजनिक – Sagarmathapana:: Online News Portal

कार्की साइँला’ असोज २ गते प्रदर्शनमा आउने, नयाँ पोस्टर सार्वजनिक

   २०८३ असार ११ गते  

काठमाडौं।अभिनेता जितु नेपाल मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्की साइँला’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ। निर्माण टिमले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी असोज २ गते देखि देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो।

यसअघि चलचित्रलाई साउन १ गते रिलिज गर्ने तयारी गरिएको थियो। तर वितरकसँगको आपसी छलफल तथा बजार अवस्थाको मूल्याङ्कनपछि प्रदर्शन मिति सार्ने निर्णय गरिएको निर्माण पक्षले जनाएको छ।

सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य लाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। पोस्टरमा देखिएको प्रेमिल भावले चलचित्रमा प्रेमकथाले महत्वपूर्ण स्थान पाएको संकेत गरेको छ।

निर्माण टिमका अनुसार नयाँ प्रदर्शन मितिसँगै चलचित्रको प्रचार–प्रसार अभियानलाई थप प्रभावकारी बनाइनेछ। चलचित्रप्रति दर्शकमाझ उत्साह बढ्दै गएको निर्माण पक्षको दाबी छ।

‘कार्की साइँला’ नेपाली समाज, सम्बन्ध र प्रेमकथामा आधारित चलचित्र रहेको बताइएको छ। अब यो चलचित्र असोज २ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै