दयाहाङ–मिरुना एकसाथ, नयाँ फिल्म ‘रातो घेरा’ घोषणा – Sagarmathapana:: Online News Portal

दयाहाङ–मिरुना एकसाथ, नयाँ फिल्म ‘रातो घेरा’ घोषणा

   २०८३ असार ९ गते  

काठमाडौँ।अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर पुनः एकपटक ठूलो पर्दामा एकसाथ देखिने भएका छन्। ‘कबड्डी’, ‘जारी’ लगायतका सफल चलचित्रमार्फत दर्शकको मन जितेको यो लोकप्रिय जोडी अब नयाँ चलचित्र ‘रातो घेरा’मा देखिने भएको हो।

शीतल निवासमा राष्ट्रपतिबाट सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र अवार्ड प्राप्त गरेको एक दिनपछि मिरुनालाई मुख्य भूमिकामा अनुबन्धित गर्दै चलचित्र ‘रातो घेरा’को निर्माताले औपचारिक घोषणा गरेका हुन्। चलचित्रको निर्देशन अनिल बुढामगर ले गर्नेछन्।

जानकारीअनुसार चलचित्रको छायांकन अर्को सातादेखि सुरु हुने तयारी गरिएको छ। यद्यपि, चलचित्रको कथा, अन्य कलाकार तथा निर्माण टोलीबारे विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन। निर्माण पक्षले यी विषयमा क्रमशः आधिकारिक जानकारी सार्वजनिक गर्दै जाने जनाएको छ।

दयाहाङ र मिरुनाको जोडी नेपाली चलचित्र क्षेत्रमा रुचाइएको अन-स्क्रिन जोडीमध्ये एक मानिन्छ। ‘जारी’पछि उनीहरूलाई पुनः एउटै चलचित्रमा देख्न पाइने भएपछि दर्शकमाझ ‘रातो घेरा’प्रति उत्सुकता बढेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै