गायक पशुपति शर्मा अब चलचित्रको मुख्य भूमिकामा, रघुजी फिल्म्सको नयाँ प्रोजेक्ट छायांकनको तयारीमा – Sagarmathapana:: Online News Portal

गायक पशुपति शर्मा अब चलचित्रको मुख्य भूमिकामा, रघुजी फिल्म्सको नयाँ प्रोजेक्ट छायांकनको तयारीमा

   २०८३ जेष्ठ २१ गते  

काठमाडौं।चर्चित लोकदोहोरी गायक पशुपति शर्मा अब नेपाली चलचित्रमा मुख्य भूमिकामार्फत दर्शकमाझ प्रस्तुत हुने भएका छन्। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्रमा उनको अभिनय रहने निश्चित भएको हो।

प्राप्त जानकारीअनुसार चलचित्रका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन् भने निर्माता रघुनाथ सापकोटा रहेका छन्। चलचित्रको नाम भने निर्माण पक्षले हालसम्म सार्वजनिक गरेको छैन। चलचित्र आगामी असारको दोस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको बताइएको छ।

लोकदोहोरी संगीतमार्फत नेपाली दर्शकमाझ लोकप्रियता कमाएका पशुपति शर्माको चलचित्र प्रवेशलाई मनोरञ्जन क्षेत्रमा चासोका साथ हेरिएको छ। पछिल्लो समय नयाँ कथावस्तु र फरक कलाकारको खोजी भइरहेका बेला उनको आगमनले नेपाली चलचित्र क्षेत्रमा थप उत्साह ल्याउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै