दुई दशकपछि उत्तम–निरुताको पुनर्मिलन, ‘सारथी’को गुर्जा खानी सेड्युल सम्पन्न – Sagarmathapana:: Online News Portal

दुई दशकपछि उत्तम–निरुताको पुनर्मिलन, ‘सारथी’को गुर्जा खानी सेड्युल सम्पन्न

   २०८३ जेष्ठ १९ गते  

काठमाडौं।अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंह अभिनीत सिनेमा ‘सारथी’ को म्याग्दीस्थित गुर्जा खानी क्षेत्रमा गरिएको छायांकन सम्पन्न भएको छ। वैशाख १५ गतेदेखि सुरु भएको छायांकनको उक्त सेड्युल करिब एक महिनामै सकिएको निर्माण टिमले जनाएको छ।

निर्देशक कुमार गजुरेलका अनुसार अब सिनेमाको काठमाडौंमा एक दिनको मात्र छायांकन बाँकी रहेको छ। दुर्गम भए पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण गुर्जा खानी क्षेत्रमा सफलतापूर्वक छायांकन सम्पन्न भएपछि निर्माण टिम उत्साहित बनेको छ।

सिनेमाको विशेष आकर्षणका रूपमा करिब दुई दशकपछि वरिष्ठ कलाकार उत्तम प्रधान र निरुता सिंहको पुनर्मिलनलाई हेरिएको छ। लामो समयपछि एउटै पर्दामा देखिन लागेका यी दुई कलाकारको पुनरागमनले सिनेमा वृत्तमा चर्चा पाएको छ।

निर्माण टिमका अनुसार ‘सारथी’ले दर्शकमाझ फरक कथा र प्रस्तुति लिएर आउने अपेक्षा गरिएको छ। अब बाँकी छायांकन सम्पन्न गरेपछि पोस्ट–प्रोडक्सनको काम अगाडि बढाइने तयारी रहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै