किरात राई यायोक्खा जापानको तेस्रो महाधिवेशन सम्पन्न,नयाँ कार्यसमिति चयन
जापान।किरात राई यायोक्खा जापानको तेस्रो महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि नेतृत्व हस्तान्तरण गरेको हो।
नव–निर्वाचित कार्यसमितिमा अध्यक्षमा सुदन राई चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा सविन राई चयन भएका छन्। उपाध्यक्षहरूमा बसन पुमा राई, सकुन राई र प्रदिप राई निर्वाचित भएका छन्।


त्यसैगरी महासचिवमा नरेश राई चयन हुँदा सचिवमा निसान राई, विशाल राई र सुष्माञ्जली राई रहेका छन्। कोषाध्यक्षमा सोम राई तथा सह–कोषाध्यक्षमा सन्देश राई चयन भएका छन्।
महाधिवेशनबाट सदस्यहरूमा मुस्कान राई, हेमराज राई, वृषराज राई (पुष्प), मङ्गेस राई, राम काजी राई, अर्चना राई, बिमला राई, नाम्न्यिमा राई, बिक्रम राई, सेमी हङमा राई, सगुन राई र तारा राई चयन भएका छन्।
नव–निर्वाचित नेतृत्वले संगठनको एकता, प्रवासी किरात समुदायको हित तथा सांस्कृतिक संरक्षणमा जोड दिने प्रतिबद्धता जनाएको छ।














