सरकारी कर्मचारीलाई अब १५/१५ दिनमै तलब, नेपाल दक्षिण एसियामै पहिलो – Sagarmathapana:: Online News Portal

सरकारी कर्मचारीलाई अब १५/१५ दिनमै तलब, नेपाल दक्षिण एसियामै पहिलो

   २०८३ बैशाख ८ गते  

काठमाडौं। नेपाल सरकारले निजामती कर्मचारीलाई अबदेखि महिनामा एक पटकको सट्टा अर्धमासिक रूपमा (१५/१५ दिनमा) तलब वितरण गर्ने ऐतिहासिक निर्णय गरेको छ। यससँगै यस्तो प्रणाली लागू गर्ने दक्षिण एसियाकै पहिलो देशका रूपमा नेपाल उभिएको छ।

अर्थ मन्त्रालयले निर्णय कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ। नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूले महिनामा दुई पटक तलब पाउनेछन्, जसले विशेषगरी तल्लो तहका कर्मचारीहरूको दैनिक खर्च व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

सरकारका अनुसार यस प्रणालीले बजारमा नगद प्रवाह बढाउने, आर्थिक गतिविधि चलायमान बनाउने तथा उपभोग क्षमता विस्तार गर्ने विश्वास गरिएको छ। अर्थविद्हरूले पनि यस्तो कदमले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

यो व्यवस्था कार्यान्वयन गर्नका लागि निजामती सेवा ऐन २०४९ को दफा २८ र ३१ मा आवश्यक संशोधन गरिने प्रक्रिया अगाडि बढाइएको छ।

सरकारले यस प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गर्दै भविष्यमा नेपाली सेना, नेपाल प्रहरी तथा शिक्षकहरूमा समेत लागू गर्ने तयारी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै