इन्डोनेसियामा सरकारविरोधी आन्दोलन चर्किदै
काठमाडौं । इन्डोनेसियामा संवैधानिक अदालतले साना दलहरूलाई समेत चुनावी प्रतिस्पर्धामा सहज हुने गरी गरेको फैसला उल्टाउने गरी सरकारले हतारमा निर्वाचन कानुन संशोधन गर्न लागेपछि सरकारविरोधी आन्दोलन चर्किएको छ ।
इन्डोनेसियाको सर्वोच्च अदालतले उम्मेदवार खडा गर्नका लागि पार्टीहरूलाई उनीहरूको क्षेत्रीय सभाहरूमा न्यूनतम २० प्रतिशत प्रतिनिधित्व आवश्यक नपर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयको २४ घण्टा भित्रै संसदले यी परिवर्तनहरूलाई उल्टाउन आपतकालीन प्रस्ताव पेश ग¥यो । त्यसपछि सरकारी कदमको विरोधमा प्रदर्शन चर्किएको हो ।












