सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं।आज अपराह्न ४:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारका प्राथमिकतामा रहेका नीति तथा कार्यक्रम, विकास निर्माणका कार्यहरू र प्रशासनिक निर्णयबारे छलफल हुने बताइएको छ। साथै, विभिन्न मन्त्रालयबाट पेश भएका प्रस्तावहरूमा निर्णय लिने कार्यसूची पनि रहनेछ।
सरकारका आगामी रणनीति, सेवा प्रवाह सुधार तथा राष्ट्रिय महत्वका विषयमा आवश्यक निर्णय गर्न बैठकलाई महत्वपूर्ण मानिएको छ।












