मानुषी लघुवित्तको आईपीओमा पहिलो दिनमा झन्डै २२ गुणा बढी आवेदन
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिन नै ६ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एसविआई मर्चेण्टका अनुसार बुधबार ५ बजेसम्मको तथ्याङ्क अनुसार ५ लाख ८१ हजार ६३३ जना आवेदकले ७९ लाख २ हजार ५१० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा २१.४३ गुणा बढी आवेदन परेको हो ।
लघुवित्तले बुधबारदेखि प्रतिशेयर १०० रुपैयाँका दरले ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोष र बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।
लघुवित्तको आइपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।












