सशस्त्र प्रहरीका इन्स्पेक्टर घुस रकमसहित पक्राउ
जनकपुरधाम- धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज(शुक्रबार) बिहान लालगढबाट घुससहित पक्राउ गरेको जनाएको छ ।
अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो ।त्यही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ












