मानुषी लघुवित्तको आइपीओ खुल्यो – Sagarmathapana:: Online News Portal

मानुषी लघुवित्तको आइपीओ खुल्यो

   २०७८ श्रावण २७ गते  

 

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ३ करोड ९५ लाख ७५ हजार रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो ।

जसमा ५ हजार ४६९ कित्ता कर्मचारी र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट््याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन भएको छ । आइपीओमा न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त आईपीओमा छिटोमा साउन ३१ गते बैंकिङ कारोबार समयसम्म आवेदन दिन सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै