ललितपुर–२ मा रास्वपाका जगदीश खरेलको भारी जीत,कांग्रेस र एमाले निकै पछाडि
काठमाडौँ।प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल भारी मतान्तरसहित विजयी भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खरेलले ३९ हजार ४९१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भए। त्यस्तै नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जनले ४ हजार ५३६ मत ल्याउँदै तेस्रो स्थानमा रहे।
यस नतिजासँगै ललितपुर–२ मा रास्वपाले अत्यधिक मतान्तरसहित विजय हासिल गर्दै आफ्नो प्रभाव बलियो बनाएको छ।












