दलित समुदायमाथि भेदभाव र दमन भइरहेको छः सांसद विश्वकर्मा – Sagarmathapana:: Online News Portal

दलित समुदायमाथि भेदभाव र दमन भइरहेको छः सांसद विश्वकर्मा

   २०८१ भाद्र २ गते  

काठमाडौं, आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै माओवादी केन्द्र का सांसद विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथि अहिले पनि विभिन्न बहानामा भेदभाव र दमन भइरहेको बताएका छन्।
उनले सरकार दलित समुदायमाथि भइरहेको भेदभावमा गम्भीर बन्न नसकेको बताए।

उनले दलितलाई विभिन्न बहानामा परम्परागत सोच र शैलीले थिचेर राखेको बताए।

उनले मन्त्रिपरिषद्मा बस्ने समेत अधिकार नभएको राज्यमन्त्री बनाएर सरकारले दलित समुदायमाथि अझ अपमान गरेको बताए।

उनले अधिकारमा सीमित राज्यमन्त्री बनाएर थप अपमानित गराउनुभन्दा नबनाएको भए नै राम्रो हुने बताए।

हामीले पटक पटक भन्ने गरेका छौं। यस विषयमा सरकार गम्भीर भएको छैन। आज दलितलाई विभिन्न बहानाहरूमा फेरि पनि उही ढंगको परम्परागत सोच र शैलीले थिचेर बाध्य पारिएको छ। यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सरकारको ध्यान जाओस्। सरकारमा दलित समुदायको शून्यता छ। क्याबिनेटमा बस्ने समेत अधिकार नभएको राज्यमन्त्री बनाएर सरकारले अझ दलित समुदायमाथि अपमान गरेको छ।
अधिकारमा सीमित राज्यमन्त्री बनाएर थप अपमानित गराउनुभन्दा नबनाएको भए नै राम्रो हुन्थ्यो। उनले भने,‘आज दलितलाई विभिन्न यो वा त्यो बहानामा भेदभाव र दमन भइरहेको छ। हामीले हरेक गाउँमा, हरेक टोलमा हरेक जिल्लामा देखिरहेका छौं। जहाँ कुटपिट, अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराध भइरहेका छन् र त्यसले न्याय पाइरहेको छैन।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै