सुनीता डंगोलले मागिन सहायता प्रविधि दुरुपयोगबाट चरित्रहत्या गर्नेमाथि कारबाही होस्
काठमाडौँ । २०८१ जेठ १३ र असार २५ गते केही फेसबुक पेजहरूलाई बन्द गर्न काठमाडौँ महानगर पालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडी खोलिएका सामाजिक सञ्जालका अनधिकृत खाता तथा पेज हटाई त्यस्ता प्रयोगकर्तालाई कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई आग्रह गरेकी हुन्। पुनः पत्राचार गरेको तर अहिले पनि प्रयोगमै रहेको उनको गुनासो छ।
त्यस्ता पेजहरू बन्द गर्न आग्रह गरेको र अहिलेसम्म बन्द नभएको भन्दै उनले पुनः ताकेता गरेकी हुन्।
‘उपप्रमुख डंगोलले अनधिकृत तरिकाले खोलिएका पेजहरुमार्फत महिलाको चरित्रहत्या गर्ने, समाजमा विद्वेष फैलाउनेजस्ता गलत गतिविधि मौलाएको भन्दै त्यस्ता पेजहरूको निगरानी गर्न र बन्द गराउन आग्रह गरेको जानकारी दिइन्।
अनधिकृत तरिकाले खोलिएका पेजहरूमार्फत समाजमा वैरभाव फैलाउने, सामाजिक सद्भाव भड्काउने, महिलाको चरित्रहत्या गर्नेजस्ता कार्यहरू बढ्दै गएका छन्,’ उनले भनिन्, ‘मेरै सन्दर्भमा पनि यस्ता खालका पेजहरू प्रविधिको दुरूपयोग गरेर चरित्रहत्या गर्ने कार्यहरू भइरहेका छन्। यस्ता कुरालाई नियन्त्रण नगर्ने हो भने आम महिला दिदीबहिनीहरूले बढ्दो प्रविधिको प्रयोगसँगै असुरक्षित महसुस गर्नुपर्ने हुन्छ। त्यसैले यस्ता गविविधि नियन्त्रण गर्नुपर्छ भनेर मैले सार्वजनिक मञ्चहरूमा पनि भन्दै आएकी छु।’
उनले स्वयं आफू पनि त्यस्ता गतिविधिका कारण पीडित भएको भन्दै ब्यूरोलाई अवाञ्छित गतिविधिहरूलाई निगरानी गर्न, रोक लगाउन र कानुनबमोजिम हदैसम्मको कारबाही गर्न आग्रह गरेको पनि जानकारी दिइन्।
एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेसन गरी सामाजिक सञ्जालहरूमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरू हाटाइदिनुहुन र त्यस्ता गैरकानुनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेहरूलाई कानुनबमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु,’ डंगोलका तर्फबाट उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख लेखिएको छ।