हङकङका पत्रकार गुरुङलाई वर्ष पुरुष र बिनु थापा मगरलाई वर्ष नारी काे उपाधी
काठमाडौं- नेपाल आदिवासी जनजाती महासंघ हङकङले विश्व आदिवासी दिवसकाे अवसरमा आईतबार आयाेजना गरेकाे भव्य कार्यक्रममा हङकङमा रहेर लामाे समयदेखि पत्रकारिता मार्फत समाजमा याेगदान पुर्याएका पत्रकार जगत अम्बु गुरुङलाई नेपाली आदिवासी वर्ष पुरुषकाे उपाधी प्रदान गरिएकाे छ ।
पत्रकार तथा समाजसेवी गुरुङलाई वर्ष पुरुषकाे उपाधी प्रदान गरेर सम्मान गरिएकाे हाे । एचके नेपाल डटकम लगायत हङकङ र नेपालका विभिन्न सञ्चार माध्यममा आदिवासी जनजाती महासंघका गतिविधिहरुकाे समाचार तथा फाेटाे र भिडियाे सम्प्रेषण गर्दै आएका गुरुङलाई भव्य कार्यक्रमका बीच वर्ष पुरुषकाे सम्मान प्रदान गरिएकाे थियाे ।
कार्यक्रममा बिनु थापा मगरलाई वर्ष नारीकाे उपाधीले सम्मान गरियाे ।
दुवै जनालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदूत उदयबहादुर राना, नेपाल आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष टाेपबहादुर तामाङ लगायत विशेष अतिथिहरुले सम्मानपत्र प्रदान गर्दै खदा र फेटा लगाईदिएका थिए ।
कार्यक्रममा महासंघका संरक्षक, पुर्व अध्यक्ष, सल्लाहकार तथा विभिन्न संस्थाका प्रतिनिधि तथा समाजसेवीहरु सहभागी थिए ।
विभिन्न क्षेत्रमा रहेर आदिवासी जनजाती समुदायकाे हितका लागि काम गरिरहेका व्यक्तित्वहरुलाई वर्ष पुरुष र वर्ष नारीकाे उपाधी प्रदान गरिएकाे महासंघका अध्यक्ष तामाङले बताए ।












