प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता युवाका लागि उद्यमशीलता विकास गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना साना उद्यमशीलताका कार्यक्रमसहित विकासको लहर ल्याउन सरकारले सोचिरहेको जानकारी दिए।
उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरु अभिभावकबिहीन भएर सडकमा बस्न नमिल्ने स्पष्ट गरे। सम्मेलनबाट प्राप्त पारित घोषणापत्रका विषयलाई सरकारले कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले आगामी असोजमा हुने राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दा पनि घोषणापत्रका विषय प्रतिबिम्बित गर्ने जनाए।












