मुकुल ढकालको प्रदेश खारेज गर्नुपर्ने १५ बुँदे सुझाव प्रधानमन्त्रीलाई – Sagarmathapana:: Online News Portal

मुकुल ढकालको प्रदेश खारेज गर्नुपर्ने १५ बुँदे सुझाव प्रधानमन्त्रीलाई

   २०८१ श्रावण २८ गते  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले विभिन्न विषयमा १५ बुँदे सुझाव पेस गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सोमबार उनले आफ्ना सुझाव पेस गरेका हुन् ।

मैले आफ्ना पनि केही सुझाव र देश यात्राका क्रममा जनताबाट प्राप्त सुझाव समेटी तपशिल बमोजिम सुझावहरू सम्माननीय प्रधानमन्त्रीसामु पेस गर्न चाहन्छु’, उनले लेखेका छन् । उनले गत जेठ ६देखि असार ५ गतेसम्म ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए । त्यही प्रतिवेदनको अंश पार्टीलाई नबुझाए मिडियामा चुहाएको भन्दै उनलाई स्पष्टीकरण सोध्दै निलम्बन गरिएको थियो ।
डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन् । अस्पतालसम्म पुग्न सडक कालोपत्रे, शिक्षामा क्यालेन्डर, उद्यमशीलता प्रवर्द्धन एवं उत्पादनमा वृद्धि,  सार्वजनिक खरिद ऐनमा सुधार, प्राकृतिक सम्पदाको प्रयोग लगायतका विषय सुधारमा समेटेका छन् ।
मैले आफ्ना पनि केही सुझाव र देश यात्राका क्रममा जनताबाट प्राप्त सुझाव समेटी तपशिल बमोजिम सुझावहरू सम्माननीय प्रधानमन्त्रीसामु पेस गर्न चाहन्छु’, उनले लेखेका छन् । उनले गत जेठ ६देखि असार ५ गतेसम्म ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए । त्यही प्रतिवेदनको अंश पार्टीलाई नबुझाए मिडियामा चुहाएको भन्दै उनलाई स्पष्टीकरण सोध्दै निलम्बन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै