गरिमा विकास बैंकको नयाँ लोगो तथा छाप सार्वजनिक,माघ १ देखि लागू – Sagarmathapana:: Online News Portal

गरिमा विकास बैंकको नयाँ लोगो तथा छाप सार्वजनिक,माघ १ देखि लागू

   २०८२ माघ २ गते  

काठमाडौं-गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष र अझ सशक्त बनाउने उद्देश्यसहित आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ।बैंकले मिति २०८२ माघ १ गते बिहीबारदेखि नयाँ लोगो तथा छाप औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो।

बैंकका अनुसार दीर्घकालीन रणनीतिअन्तर्गत मिति २०८२ कार्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तनसम्बन्धी विशेष प्रस्ताव पारित भएपछि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी नयाँ पहिचान लागू गरिएको हो ।

परिवर्तित लोगोले गरिमा विकास बैंकको आधुनिक सोच, सरल र स्पष्ट पहिचान तथा विश्वसनीय बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने विश्वास बैंकले लिएको छ ।

यस अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक,सेयरधनी तथा सरोकारवालाप्रति निरन्तर विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी,सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै