धरानकाे पिण्डेस्वाेर धाममा जल चढाउने भक्तजनहरूकाे घुइचाे आज साउनको अन्तिम सोमबार ,
काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार सुनसरीकाे धरानस्थित पिण्डेस्वाेर धाममा जल चढाउने भक्तजनहरूकाे घुइचाे लागेकाे छ ।
मन्दिरमा पूर्वी क्षेत्रका अधिकांश जिल्लाका भक्तजन, पश्चिमका बैतडी, दाङ, बाजुरा, रौतहत, अछाम, डडेलधुराका साथै छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङलगायत स्थानबाट भक्तजन आउने गरेका छन्।
पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा धाममा जल चढाउन झापाका विभिन्न स्थानसँगै काठमाडौँ, सिराहा, मोरङ, सुनसरी, इलाम र भारतका सीमावर्ती क्षेत्रबाट ठुलो सङ्ख्यामा भक्तजन आउने गरेका छन ।












