सामुदायिक वित्तीय संस्था ‘गुर्खाज फाइनान्स’ को ३१ औँ साधारण सभा सम्पन्न,बोर्ड सदस्यमा ७ जना चयन – Sagarmathapana:: Online News Portal

सामुदायिक वित्तीय संस्था ‘गुर्खाज फाइनान्स’ को ३१ औँ साधारण सभा सम्पन्न,बोर्ड सदस्यमा ७ जना चयन

   २०८२ पुष ३० गते  

काठमाडौँ- देशकै अग्रणी सामुदायिक वित्तीय संस्था गुर्खाज फाइनान्स लिमिटेडले आफ्नो ३१ औँ साधारण सभा सम्पन्न गरेको छ। संस्थाले ७०० भन्दा बढी शेयरधनी रहेका सामूहिक शेयरधनीहरूको सहभागितामा निर्णय प्रक्रिया अघि बढाउँदै आएको छ।

साधारण सभामा संस्थाको रणनीति, वित्तीय प्रदर्शन र आगामी योजनाहरूको समीक्षा गरिएको थियो। २०० भन्दा बढी प्रत्यक्ष रोजगारी प्रदान गर्ने, २७ शाखा सञ्चालन गर्ने र वार्षिक १० करोडभन्दा बढी कर तिर्ने क्षमता भएको संस्थाले हाल १२ अर्ब रुपैयाँको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको छ।

साधारण सभामा संस्थाको बोर्ड सदस्य ७ जना नयाँ बोर्ड सदस्य हरूमा:युबराज राई,याद बान्तवा,जिबन राई,कर्बेन्द्र नेम्बांग,बिनोद चोंबांग,यज्ञ कुमारी थापा,प्रकाश क्ष्रेष्ठ चयन गरिएको छ।

संस्थाका प्रमोटरहरूले शेयरधनी, बोर्ड, व्यवस्थापन र कर्मचारीहरूको संयुक्त सहकार्यमा मात्रै संस्था अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। साथै, आगामी २ वर्षभित्र डिभिडेन्ड (नाफा वितरण) दिने अपेक्षा राखिएको र यदि समयमै वितरण नहुने हो भने बोर्ड र व्यवस्थापनलाई कडा प्रश्न सोधिने चेतावनी पनि दिएका छन्।

संस्थाका प्रमोटरले सबै शेयरधनी र कर्मचारीहरूलाई भविष्यमा संस्थासँग सहकार्य जारी राख्न आग्रह गर्दै शुभकामना व्यक्त गरेका छन्।

तस्बिर:क्षितिज लिम्बुको फेसबुकबाट.

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै