राष्ट्रिय स्वतन्त्र पार्टी वागमती प्रदेशले विधान संसोधन तयारी सम्पन्न
रामराजा केसी ।
२०८१ श्रावण २५ । राष्ट्रिय स्वतन्त्र पार्टी वागमती प्रदशले विधान संसोधन कार्यक्रम सम्पन्न गरेको छ । २ दिन क्लोज क्याम संचालन गरेर पार्टीको विधान संसोधन कार्यसाला सम्पन्नगरेको छ । कार्यक्रम भक्तपुर जिल्लाको ओल्ड दरबार पार्टी भेनुमा भएको थियो । वागमती प्रदेश अन्तरगत रहेका १३ ओटा जिल्लभित्रका पदाधिकारी, निर्वाचन समिति, पालिका पदाधिकारी र वडा सभापतिहरू जम्मा गरी २ दिन सम्म कार्यक्रम संचाला गरेको थियो ।
वडा स्तरदेखि पार्टीको विधानमा सकावेस गर्नुपर्ने विषयमाथि छलफल गरेको थियो। उपस्थित सदस्यहरूको विभिन्न समूहहरू बनाइ पार्टीको विचार, संगठन, मुल्य मान्यता, न्तृत्व, अभियान, आर्थिक आदि विषयमाथि छलफल गरी निश्कर्ष निकालेको छ ।
सदस्यहरूबाट संकलित सुझावमाथि छलफल र विमर्श गरी पार्टीको विधान संसोधन गर्ने कुरा व्क्त गरेका छन्। वागमती प्रदेशबाट सुरुगरिएको उक्त कार्यक्रम सबै प्रदेशमा संचालन गरेर आएको निश्कर्ष अनुरुप विधान परिमार्जन गरिने बताइएको छ ।
वागमती प्रदेश संयोजकको सभापतित्व रहेको कार्यकरममा पार्टीका उपाधयक्ष डि. पी. अर्याल, माननीय सोविता गौतम, पुकार बम लगायत केन्द्रीय सदस्यहरू र परदेश सदस्यहरूले संवोधन गरेका थिए । उपस्थित सदस्यबाट उठेका प्रश्नको उत्तर दिएर कार्यक्रम सम्पन्न गरिएको थियो ।













