ग्लोबल आइएमई बैंकले १९औँ वार्षिकोत्सव अवसरमा १९ सामाजिक कार्यक्रम संचालन गर्ने
काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर १९ वटा सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र आयआर्जन अभिवृद्धिलाई प्राथमिकता दिँदै गरिब, विपन्न र दुर्गम क्षेत्रका समुदायलाई लक्षित गर्नेछ।
मुख्य कार्यक्रमहरूमा सातवटै प्रदेशमा १४ महिला स्वास्थ्य शिविर, आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर, गरिब विद्यार्थीलाई छात्रवृत्ति, पुस्तकालय निर्माण, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, खेलकुद सामग्री वितरण र उद्यमशाला तालिम समावेश छन्।


ग्लोबल आइएमई बैंकले देशभर ३५२ शाखा, ३८४ एटिएम र १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको छ। बैंकले रेमिट्यान्स सेवा मार्फत विश्वभरका नेपाली नागरिकसँग आर्थिक सेवा पनि प्रदान गर्दै आएको छ।












