मुक्तिनाथ विकास बैंकद्वारा ‘Agri-Finance 360’ सम्पन्न – Sagarmathapana:: Online News Portal

मुक्तिनाथ विकास बैंकद्वारा ‘Agri-Finance 360’ सम्पन्न

   २०८२ पुष १९ गते  

काठमाडौं।मुक्तिनाथ विकास बैंकले २०औँ वर्ष प्रवेशको अवसरमा कृषि लगानी र उद्यम प्रवर्द्धनलाई लक्षित गर्दै ‘Muktinath Agri-Finance 360’ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले कृषि क्षेत्रको दीगो विकासका लागि सरकार, बैंक, निजी क्षेत्र र किसानबीच सहकार्य आवश्यक रहेको बताए। उनले कृषि कर्जा विस्तार, क्रेडिट ग्यारेन्टी, कृषि बीमा र मूल्य शृंखला विकासमा जोड दिए।

कार्यक्रममा बैंकिङ्ग विशेषज्ञ अजय श्रेष्ठले कृषि उद्यममा लगानीका चुनौती र अवसरबारे प्रस्तुति दिएका थिए भने नीति निर्माता, बैंक, निजी क्षेत्र र किसान सहभागी प्यानल छलफलबाट कृषि कर्जालाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालिएको थियो।

करिब ३५० जनाको सहभागिता रहेको कार्यक्रममा मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि कृषि उद्यम, वित्तीय समावेशीकरण र ग्रामीण समृद्धिमा योगदान दिने प्रतिबद्धता जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै