गरिमा विकास बैंक दुई विधामा ‘Excellence Award’ बाट सम्मानित
काठमाडौं।गरिमा विकास बैंक लिमिटेड नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) को १७औँ वार्षिकोत्सवका अवसरमा दुई महत्वपूर्ण विधामा सम्मानित भएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा विकास बैंकहरूमध्ये सबैभन्दा बढी डिजिटल तथा QR कारोबार गरेको आधारमा बैंकले ‘Excellence in Digital Transactions FY 2081/82’ र ‘Excellence in NepalPay eR Transaction FY 2081/82’ अवार्ड प्राप्त गरेको हो।


मंगलबार (मिति २०८२ पौष ०८ गते) काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रदान गरिएको उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले ग्रहण गर्नुभयो।
समयानुकूल नवीनतम डिजिटल बैंकिङ सेवाहरूलाई अझ प्रभावकारी, सुरक्षित तथा ग्राहकमैत्री बनाउँदै आएको गरिमा विकास बैंकका लागि यो सम्मानले डिजिटल कारोबार विस्तारमा थप ऊर्जा र प्रेरणा मिलेको बैंकले जनाएको छ।
यसअघि पनि बैंकले २०८२ भदौमा भारतीय चेम्बर अफ कमर्सद्वारा नयाँ दिल्लीमा आयोजित ‘Emerging Asia Banking Conclave and Awards’ कार्यक्रममा ‘Best Bank’ सहित तीन वटा अवार्ड प्राप्त गरेको थियो।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ वटा एटीएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।












