मुसिकोटमा सोमबार पहिरोमा परेर चार जनाको मृत्यु – Sagarmathapana:: Online News Portal

मुसिकोटमा सोमबार पहिरोमा परेर चार जनाको मृत्यु

   २०८१ श्रावण २२ गते  

काठमाडौँ । गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ ।

मुसिकोट नगरपालिका वडा नं- १ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पहिरोमा परेर साढे २ वर्षीय रियन्सी विक ४६ वर्षीय गोरे विक,६६ वर्षीय मसुरी विक तथा ६७ वर्षीय हुकम विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी सोही स्थानका ३१ वर्षीय बिष्णु विक र उनकी श्रीमती २३ वर्षीय मुना विक घाईते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल लागिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै