प्रधानमन्त्री ओली सहित ‘नमेटिने घाउ’ को पोष्टर सार्बजनिक
काठमाडौँ / अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।
एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथामा आधारित भएर बनेको फिल्ममा प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री माधव नेपाल, राप्रपाका सांसद ज्ञानेन्द्र शाही, मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, प्रभात पल ठकुरी, आरती आचार्य, सुरवीर पण्डित, सुनिल कटुवाल, अपेक्षा न्यौपाने, क्रान्ति शाह लगायतको अभिनय छ ।
वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मको अभिनयका कारण चर्चामा रहेको फिल्मको सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एसिड पीडितको पीडाभाव दर्शाइएको पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओली औँला ठड्याउँदै चेतावनी शैलीमा प्रस्तुत गरिएको छ ।












