एनआईसी एशिया क्यापिटलले ‘वान स्टप आइपीओ फ्यासिलिटेशन सेवा’ सुरु गर्‍यो – Sagarmathapana:: Online News Portal

एनआईसी एशिया क्यापिटलले ‘वान स्टप आइपीओ फ्यासिलिटेशन सेवा’ सुरु गर्‍यो

   २०८२ मंसिर १० गते  

काठमाडौँ-एनआईसी एशिया क्यापिटलले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत सञ्चालन गर्दै आएको “आईडिया टु आइपीओ” सेवालाई स्तरोन्नति गर्दै औपचारिक रूपमा “वान स्टप आइपीओ फ्यासिलिटेशन सर्भिसेज” सुरु गरेको छ।आगामी दिनमा साधारण शेयर (IPO) जारी गर्न इच्छुक तथा स्थापना प्रक्रियामा रहेका कम्पनीहरूलाई लक्षित गर्दै यो सेवा प्रारम्भ गरिएको क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार अघिल्लो “आईडिया टु आइपीओ” प्लेटफर्ममार्फत ३४ कम्पनीसँग सम्झौता, २० प्रालिलाई पब्लिक कम्पनीमा रुपान्तरण प्रक्रिया तथा ६ कम्पनीको आइपीओ निष्काशन सफलतापूर्वक सम्पन्न भएको छ।

नवप्रवर्तित “वान स्टप आइपीओ फ्यासिलिटेशन सेवा” ले कम्पनी दर्ता, व्यवसाय विस्तार, पूँजी संरचना पुनर्गठन, स्केलअप, ग्रोथदेखि आइपीओ निष्काशनसम्म आवश्यक सम्पूर्ण परामर्श र सहयोग प्रदान गर्नेछ। संस्थागत सुशासन, कानूनी जटिलता र दक्ष जनशक्ति अभावलाई मध्यनजर गर्दै क्यापिटलले न्यून सेवा शुल्कमा सबै सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

IPO–Readiness Assessment Test (RATE)

यो सेवाअन्तर्गत कम्पनीको पूँजी संरचना, वित्तीय अवस्था, कानूनी पालना, कर्पोरेट गभर्नेन्स तथा नियमनकारी निकायले तोकेका मापदण्डहरूको GAP Analysis गरिने क्यापिटलले जनाएको छ। RATE मार्फत निम्न सेवा प्रदान गरिन्छ—

कम्पनीको रणनीति, इक्विटी, गभर्नेन्स, वित्तीय अवस्था तथा व्यवस्थापनको मूल्यांकन


सुधार गर्नुपर्ने बिन्दुको पहिचान

बुक बिल्डिङ वा प्रिमियम विधिमध्ये उपयुक्त मूल्य निर्धारण सुझाव

तत्काल आइपीओ योग्यता पुगेका कम्पनीलाई प्रक्रिया अघि बढाउने

अधूरा कम्पनीलाई आवश्यक सुधार योजना तथा समयरेखा निर्देशित गर्दै तयारी गराउने

वान स्टप आइपीओ फ्यासिलिटेशन अन्तर्गतका मुख्य सेवा

(क) कम्पनी दर्ता तथा कानूनी सहयोग

नयाँ प्रा.लि. वा लिमिटेड कम्पनी दर्ताका लागि कागजात तयारी

प्रबन्धपत्र–नियमावली अद्यावधिक तथा संशोधन सहयोग

(ख) Capital Restructuring

स्व–पूँजी, धितोपत्र, ऋण वा कन्भर्टिबल इन्स्ट्रुमेन्टमार्फत उपयुक्त पूँजी संरचना निर्माण सहयोग

(ग) IPO परामर्श तथा मूल्यांकन

वित्तीय तथा कानूनी आधारमा उपयुक्त जारी मूल्य विधि चयन

शीघ्र र व्यवस्थित आइपीओ निष्काशनका लागि परामर्श

(घ) कम्पनी सञ्चालन तथा व्यवस्थापन

नियमनकारी निकायका लागि आवश्यक प्रतिवेदन तथा कागजात तयारी

OTC Market सूचिकरण तथा कारोबार व्यवस्थापन

शेयर लगत अद्यावधिक, AGM/EGM आयोजनासम्बन्धी सहयोग

लाभांश वितरण तथा प्रबन्धपत्र/नियमावली संशोधन मार्गदर्शन

कम्पनी रजिष्ट्रारमा शेयर लगत प्रमाणिकरण तथा अद्यावधिक

क्यापिटलका अनुसार आइपीओ जारी गर्ने लक्ष्य राखेका सबै कम्पनी—स्थापना चरणमा रहेका वा सञ्चालनमा रहेका—यस सेवामा आबद्ध हुन सक्छन्। क्यापिटलले पारदर्शी, व्यवस्थित र नियमअनुसार कम्पनीलाई आइपीओसम्म पुर्‍याउने उद्देश्य राखेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै