फागुन २१ को चुनावका लागि मतदाता दर्ता आज अन्तिम
काठमाडौँ-आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार आज कार्यालय समयसम्म मात्र नाम दर्ता गर्ने प्रक्रिया खुला रहनेछ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले यसअघि कात्तिक ३० गते सम्म नाम दर्ता गर्ने समय तोकेको थियो। तर, समय थप गराउन आएका बढी भीडका कारण आयोगले ५ दिन थप्दै मंसिर ५ सम्म ल्याएको थियो। थपिएको समयसीमा पनि आजै सकिँदै छ।


आयोगले समयसीमा भित्र नाम दर्ता गरेका नागरिकलाई आजकै दिन आवश्यक कागजातसहित नजिकको जिल्ला निर्वाचन कार्यालय वा केन्द्रमा पुगेर नाम दर्ता गराउन आग्रह गरेको छ।













