एकीकृत समाजवादी केन्द्रीय समितिकाे बैठक आज बस्दै – Sagarmathapana:: Online News Portal

एकीकृत समाजवादी केन्द्रीय समितिकाे बैठक आज बस्दै

   २०८१ श्रावण १६ गते  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने भएको छ ।

यस अघि सोमबार बस्ने भनिएको बैठक तयारी नपुगेपछि आजका लागि सारिएको हाे ।एकीकृत समाजवादीको हालै सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय छनौट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएपनि अहिलेसम्म छनौट गर्न सकेको छैन ।

महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी पदाधिकारी र सदस्य चयन गर्न सकेको छैन । पदाधिकारी र केन्द्रीय सदस्यको छनौट गर्न सहमति बनाउने प्रयास गरिएकाले बैठक सारिएको बताइएको छ ।

पार्टी विधान अनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै