भिजिट भिसा सम्बन्धी ६ बुँदे मापदण्ड खारेज,नयाँ व्यवस्था लागू – Sagarmathapana:: Online News Portal

भिजिट भिसा सम्बन्धी ६ बुँदे मापदण्ड खारेज,नयाँ व्यवस्था लागू

   २०८२ कार्तिक १४ गते  

काठमाडौं।सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज गरेको छ। अध्यागमन विभागको प्रस्तावमा गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार उक्त मापदण्ड खारेज गरेका हुन्।

अबदेखि भिजिट भिसामा विदेश जाने व्यक्तिहरूले केवल ६ महिना बाँकी अवधि भएको राहदानी, गन्तव्य देशको भिसा, दुईतर्फी हवाई टिकट र स्वेच्छाले यात्रा गर्न लागेको स्वघोषणा पत्र पेश गरे पुग्ने व्यवस्था लागू भएको छ।

अध्यागमन विभागका एक अधिकारीका अनुसार, नयाँ मापदण्डले अनावश्यक प्रक्रिया हटाएर यात्रुहरूलाई सहज बनाउने लक्ष्य राखिएको छ।

यसअघि लागू ६ बुँदे मापदण्डअनुसार यात्रुहरूले होटल बुकिङ, कम्तीमा ५०० अमेरिकी डलर, तीन पुस्ते विवरण (यदि आफन्तकोमा बस्ने भए), वैध राहदानी, र वैध भिसा लगायतका कागजात पेश गर्नुपर्ने थियो।

उक्त मापदण्डले अत्यधिक झन्झटिलो प्रक्रिया र विभेदपूर्ण व्यवहारको आरोप खेप्दै आएको थियो। यही कारण विभिन्न क्षेत्रबाट आलोचना बढेपछि गृहमन्त्री अर्यालले त्यसलाई खारेज गर्ने निर्णय गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै