त्रिभुवन विश्वविद्यालयद्वारा नयाँ ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक,अब पढाइदेखि परीक्षासम्म सबै समयमै – Sagarmathapana:: Online News Portal

त्रिभुवन विश्वविद्यालयद्वारा नयाँ ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक,अब पढाइदेखि परीक्षासम्म सबै समयमै

   २०८२ कार्तिक १२ गते  

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी शैक्षिक सत्र (२०८२ सालदेखि सुरु हुने) का लागि पहिलोपटक व्यवस्थित ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ। उक्त क्यालेन्डरमार्फत त्रिविले अबदेखि कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशनका कार्य निश्चित समयसीमाभित्र गर्ने व्यवस्था मिलाएको जनाएको छ।

त्रिविका शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीका अनुसार विश्वविद्यालयको प्राज्ञिक परिषद्को निर्णयअनुसार क्यालेन्डर सार्वजनिक गरिएको हो। उनका अनुसार, यस कदमले पढाइको गुणस्तर सुधार, समयमै परीक्षा सञ्चालन र परिणाम प्रकाशनमा सहजीकरण गर्नेछ।

“अबदेखि त्रिविका सबै ६४ आङ्गिक तथा ४४ केन्द्रीय निकायले यही क्यालेन्डरअनुसार काम गर्नुपर्नेछ,-प्रा. डा. केसीले भने।

स्नातक तह (Bachelor Level)

त्रिविले स्नातक तहका लागि चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली दुवैका लागि अलग–अलग समयतालिका तय गरेको छ।

सेमेष्टर प्रणाली:भर्ना फारम- कात्तिकभित्र
प्रवेश परीक्षा र भर्ना — मङ्सिर

कक्षा सञ्चालन — मङ्सिरदेखि

पहिलो सेमेष्टरको परीक्षा — २०८२ चैत

परीक्षाफल — २०८३ असार

सेमेष्टर प्रणालीका आठ सेमेष्टरहरू चार वर्षभित्र पूरा हुने गरी क्यालेन्डर तयार गरिएको छ। अन्तिम (आठौँ) सेमेष्टरको

कक्षा — २०८६ माघ

परीक्षा — २०८७ जेठ

परीक्षाफल — २०८७ भदौमा प्रकाशित हुनेछ।

वार्षिक प्रणालीका लागि भने:

भर्ना — साउनदेखि मङ्सिरसम्म

कक्षा सञ्चालन — मङ्सिरदेखि

परीक्षा फारम — २०८३ वैशाखमा

परीक्षा — २०८३ साउनमा

परीक्षाफल — २०८३ कात्तिकमा

चार वर्षे वार्षिक कार्यक्रम २०८५ चैतभित्र पूरा गर्ने त्रिविको लक्ष्य रहेको छ।

स्नातकोत्तर तह (Master’s Level)

स्नातकोत्तर तहको चार सेमेष्टर प्रणालीका लागि पनि समयतालिका निर्धारण गरिएको छ।

भर्ना फारम — मङ्सिर

प्रवेश परीक्षा — पुस

कक्षा सञ्चालन — माघदेखि

परीक्षा — २०८३ जेठ

परीक्षाफल — २०८३ भदौ

यो सत्रका विद्यार्थीहरूले २०८४ मङ्सिरमा अध्ययन पूरा गर्नेछन्।

चौथो सेमेष्टरको

कक्षा सञ्चालन — २०८४ वैशाख

परीक्षा — २०८४ भदौ

परीक्षाफल — २०८४ मङ्सिरमा प्रकाशित हुने छ।

त्रिवि प्रशासनका अनुसार अबदेखि सबै सम्बन्धन प्राप्त क्याम्पसहरूले यही क्यालेन्डरअनुसार आफ्नो वार्षिक कार्ययोजना बनाउने छन्। यसले विद्यार्थीहरूलाई निश्चित समयमै पढाइ, परीक्षा र नतिजाको स्पष्ट समयरेखा उपलब्ध गराउनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै