किष्ट अस्पतालमा तोडफोड:सुत्केरीको मृत्यु पछि आफन्त आन्दोलित – Sagarmathapana:: Online News Portal

किष्ट अस्पतालमा तोडफोड:सुत्केरीको मृत्यु पछि आफन्त आन्दोलित

   २०८२ कार्तिक १० गते  

काठमाडौं।ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयहरूले अस्पतालमा तोडफोड गरेका छन्।

खोटाङ हलेसी तुवाचुङ नगरपालिका–९ की ३२ वर्षीया मिनाश्री राईको शुक्रबार राति सुत्केरी गराउने क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाहीको आरोप लगाएका छन्।

आफन्त तथा स्थानीयवासीहरू अस्पतालको गेट फोड्दै भित्र पसेर ढुंगामुढा गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।

अस्पताल प्रशासनले भने घटनाको छानबिन भइरहेको र चिकित्सकको लापरवाहीबारे सत्य तथ्य प्रमाणका आधारमा मात्र बोलिने जनाएको छ।

घटनापछि अस्पताल वरपर सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ र सेवा आंशिक रूपमा प्रभावित भएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै