२७०० अंक नाघे नेप्से परिसूचक – Sagarmathapana:: Online News Portal

२७०० अंक नाघे नेप्से परिसूचक

   २०८१ श्रावण १४ गते  

काठमाडौं । सोमबार सेयर बजार परिसूचक कारोबार सुरु भएको दुई मिनेटमै परिसूचक २७३५ अंकसम्म पुगेको थियो । त्यसपछि उतारचढावका क्रममा दुई पटक २७०० अंक नाघे पनि माथि टिक्न सकेन र नेप्से २०.६३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६० अंकमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो ।

बजार घट्दा कारोबार रकम भने उच्च भएको छ । १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । ७० कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ४ को स्थिर रह्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै