जेन-जी आन्दोलनको प्रभाव : पाँचतारे होटल हायात अनिश्चितकालका लागि बन्द – Sagarmathapana:: Online News Portal

जेन-जी आन्दोलनको प्रभाव : पाँचतारे होटल हायात अनिश्चितकालका लागि बन्द

   २०८२ कार्तिक ८ गते  

काठमाडौं–भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधि र तोडफोडका कारण पाँचतारे होटल हायात ले आफ्नो सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।आन्दोलनकै क्रममा भएको क्षतिको प्रभावले होटलका करिब एक हजारभन्दा बढी कर्मचारी बेरोजगार बन्ने जोखिम बढेको छ।

होटल प्रशासनका अनुसार आन्दोलनकारीहरूले होटल परिसरमा प्रवेश गरेर तोडफोड र आगजनीको प्रयास गरेपछि सुरक्षाको कारणले होटल सञ्चालन असम्भव भएको थियो।“हामीले धेरै क्षति व्यहोर्नुपर्‍यो, अहिलेका लागि पुनःनिर्माण र सुरक्षाको मूल्याङ्कनपछि मात्र सेवा पुनः सञ्चालन गर्ने निर्णय हुनेछ,” होटल व्यवस्थापनले एक विज्ञप्ति मार्फत जनाएको छ।

घटनापछि सामाजिक सञ्जालमा ‘जेन-जी आन्दोलन’ सम्बन्धी बहस तीव्र बनेको छ।आन्दोलनका नाममा भएको विध्वंसलाई कतिपयले युवाको असन्तोषको परिणाम भनेका छन् भने धेरैले “आन्दोलनको नाममा अपराध” भन्दै कठोर कारबाहीको माग गरेका छन्।

राजनीतिक विश्लेषकहरू भन्छन्, “हायात होटलको बन्द हुनु केवल एक संस्थाको समस्या होइन, यो देशकै लगानी वातावरण र रोजगारीको ढाँचामा पर्ने गम्भीर संकेत हो।”

यसबीच, सरकारले घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने तयारी गरेको बताइएको छ।तर, अहिले सम्म औपचारिक आरोपपत्र दर्ता गरिएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै