कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना – Sagarmathapana:: Online News Portal

कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

   २०८२ कार्तिक ७ गते  

काठमाडौँ।हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिए पनि देशका हिमाली र पहाडी भूभागमा आज हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ।

दिउँसो यी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य प्रदेशका अधिकांश स्थानमा मौसम खुलेको रहनेछ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहिरहने र केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

मौसमविद्हरूका अनुसार हाल देशभर स्थायी मौसमी प्रणालीको विकास नभएकाले सामान्य परिवर्तन मात्र भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै