धरानदेखि भेडेटारसम्मको घुम्तिको ऐना कस्ले फुटायो ८ लाख बढी क्षति,जनप्रतिनिधि मौन बस्दा दुख लाग्यो – युकेन्द्र राई
निमा पोङ्स्युवा
धरान।धरानदेखि भेडेटारसम्मको घुम्तिमा राखिएको ऐना तोडफोड गर्दा करिब ८ लाख रुपैया बढिको क्षति भएको कुरा मितेरी फुटसलका संचालक समेत रहेका दाता युकेन्द्र राईले बताए ।
दशैको टिकाको केही दिन अगाडि अन्जान व्यक्तिले २५ वटा मध्ये धेरैजसो ऐना तोडफोड गरि पुर्णरुपमा नष्ट बनाएको कुरा राईले जानकारी दिए । उनले भेडेटारसम्म २५ वटा ऐना ३० एमएमको राखिएको बताए । त्यसमध्ये एउटा मात्र बचेको छ । एउटा ऐनाको ३५ हजार रुपैया मूल्य पर्ने उनले बताए । त्यो हिसाबले ८ लाख रुपैया भन्दा बढिको क्षति भएको छ । धारापानी अनलाइनका लजेश राईले धरानको जिरो पोइन्टदेखि निसाने खोलाको घुम्तिको ५ वटा ऐना नफुटाई यथावत रहेको जानकारी दिए । २५ वटा मध्ये १९ वटा तोडफोड भएको छ ।


अज्ञात समूहले तोडफोड गरिएको उक्त घटनाको धरानका जनप्रतिनिधिले निन्दा नगर्दा काम गर्ने जागरमा नैरस्यता छाएको बताए । जनप्रतिनिधि टिएलओले आफुसंग ऐना राख्न माग गर्ने भए पनि तोडफोड गर्दा कोहि नबोलेको गुनासो गरे । धरान भित्र दुई सय बढी ऐना दिएको भन्दै वडा नम्बर २० को भञ्ज्याङ्सम्मको घुम्तिमा राखिएको ऐनाहरु पनि यसअघि तोडफोड गरिदिएको दुखेसो पोखे ।
केही गरौ भनेर सहयोग गर्दा किन यसरी तोडफोड गरेको आफुलाई थाहा नभएको युकेन्द्र राईले बताए । आफू कसैसँग प्रतिशोधको भावना नराख्ने भन्दै त्यस्तो गुनासो भए आएर टेबुलमा राख्न सकिने बताए । कोहि दुर्घटना हुनबाट बचोस भन्ने उद्देश्यले राखिएको भन्दै कतिपय स्थानमा सौजन्यकर्ताको नाम समेत लेख्न कन्जुस्याइँ गरेको गुनासो गरे। उनले अहिले तोडफोड भएका ऐनाहरु पुनः राख्ने प्रतिबद्धता पनि जनाए ।
यस विषयमा दुई वर्षअघि सचेत धराने समुहले समेत श्रमदान गरेर राख्न सहयोग गरेको कुरा ज्ञानु चाम्लिङले बताए । मितेरी फुटसलका संचालकको सौजन्यमा उपलब्ध भएको ऐना तोडफोड गरिएको पाईएको बताए । चाम्लिङले यसरी तोडफोड गर्ने जोकोही भए पनि भिडियो खिचिएको भए उपलब्ध गर्न र सामाजिक संजालमा लगाई कार्वाहीको दायरामा ल्याउन सहयोग गर्न आह्वान गरे ।












