कोशी प्रदेश : कांग्रेस र एमाले दुई दलका बीच चार/चार वटा मन्त्रालय राख्न सहमति
काठमाडौँ। कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले दुई दलका नेताहरुबीच भएको अनौपचारिक छलफलमा चार/चार वटा मन्त्रालय राख्न सहमति गरेका छन्। औपचारिक छलफल भने आज शनिबार हुनेछ ।
नेकपा एमाले स्रोतका अनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार वटा मन्त्रालय पाउनेछ । चार वटा पाउने भए पनि कुन कुन भन्ने टुङ्गो लाग्न बाँकी छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की माओवादी केन्द्रले छाडेका तीन वटा र आफैसँग राखेका कृषि मन्त्रालय दिने तयारीमा छन् । भौतिक पूर्वाधार, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय माओवादीको भागमा थियो ।उद्योग कृषि तथा सहकारी मन्त्रालय विगतदेखि नै मुख्यमन्त्री कार्कीको नेतृत्वमा छ । माओवादीले सरकार छाडेपछि ती मन्त्रालय मुख्यमन्त्रीसँगै छ ।












