चीन सिमाबाट सुत्केरी गराउन हेलिकप्टरबाट बिराटनगर ल्यायियो – Sagarmathapana:: Online News Portal

चीन सिमाबाट सुत्केरी गराउन हेलिकप्टरबाट बिराटनगर ल्यायियो

   २०८२ आश्विन २० गते  

निमा पिङ्स्युवा
संखुवासभा।चीन सिमा जोडिएको ऐतिहासिक थात थलो शिङ्सा लुङ हालको भोटखोला गाउँपालिका वडा नम्बर ३ पाङ्दोक (हुङ्गुङ ) निवासी ४२ वर्षीय छिटेक भोटेलाई सुत्केरी गराउन बिराटनगर ल्याएको हो ।
अत्याधिक रक्तस्राव भएपछि थप उपचारको लागि हेलिकप्टर मार्फत कोशी अस्पताल बिराटनगर लगिएको कुरा हुङगुङ सामुदायिक स्वास्थ्य इकाईका अनमी कासाङ भोटेले जानकारी दिए । उनी आफै महिला स्वास्थ्य स्वयं सेविका रहेको तर गर्भवती भएको समेत थाहा नदिएको बताए । गर्भमा भएको बच्चा खेर गएपछि अत्याधिक रक्तस्राव भएपछि मात्र स्वास्थ्य संस्थामा सम्पर्कमा आएको कासाङले बताए । छिटेकको यसअघि तिनजना छोराछोरी रहेकोमा चौथोपटकको सुत्केरीमा समस्या हुँदा “आमा सुरक्षा राष्ट्रपति कार्यक्रम उद्वार” मार्फत बिराटनगर लगिएको हो ।
सोमबार बिहान ८ बजे थाहा भएपछि स्थानीय सरकार मार्फत पहल गरि करिब चार घन्टामा हेलिकप्टर आईपुगेको बताए । हेलिको कुनै शुल्क नलाग्ने र फर्केर आउदा पोषण खर्च बापत थप २० हजार रुपैया समेत पाउने बताए । हाल बिरामीको सुधार भैरहेको अनमिन कासाङले बताए ।

यस हेलिकप्टर मार्फत बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा ल्याउने तयारी भैरहेको कुरा थोङा रिन्जिनमार्फत जानकारी दिएका थिए । भोटखोला गाउँपालिकाबाट यस अघि पनि सुत्केरी गराउन हेलिकप्टर मार्फत “आमा सुरक्षा राष्ट्रपति कार्यक्रम उद्वार” लगिदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै